१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २१:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

फिनिक्स कलेजद्वारा राष्ट्रिय क्रिकेट खेलाडी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:२o:oo

फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका पाँचजना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

क्रिकेट खेलमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । 

उनीहरू पाँचैजना फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्यक्रममा अध्यानरत विद्यार्थी हुन् । उनीहरूसमेतको प्रदर्शनमा नेपालले भारतमा हुने आगामी एकदिवसीय विश्वकपको छनोट ढोका मानिएको ग्लोबल क्वालिफायरमा छनोट हुन सफल भएको हो ।

खेलाडीहरूलाई कलेजका कार्यकारी निर्देशक लक्ष्मण पोखरेल, प्राचार्य प्राडा फत्तबहादुर केसीले संयुक्त रूपमा टीका, माला तथा प्रशंसापत्रसहित नगद पुरस्कारले सम्मान गरे ।

कार्यक्रमको अवसरमा प्राचार्य केसीले खेलाडीहरू खेलकुदका लागि मात्रै नभई असल र मेधावी विद्यार्थी भएको जानकारी गराए । उनले खेलाडीको कलेजसँगको निकटता र उच्च शिक्षाप्रतिको लगनको प्रशंसा गरे ।

निर्देशक पोखरेलले राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई उच्च शिक्षा हासिल गर्न शतप्रतिशत पूर्ण छात्रवृत्ति उपलब्ध गराएको बताए । एक शिक्षित खेलाडी नै आफूलाई अनुशासित राख्न तथा खेललाई राम्रोसँग बुझ्न सक्षम हुने उनको भनाइ थियो ।

काठमाडौंको मैतिदेवीमा रहेको उक्त कलेजले सन् २०१२ देखि नेपालमा स्नातक र स्नातकोत्तर तहका व्यवस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधि संकायका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

ad
ad