मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Monday, 31 August, 2026
फाइल तस्बिर
समाचार डिजिटल संस्करण

अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार १८:३६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले अनुसन्धानबाट नवीनतम प्रविधिको विकास गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताए।

विश्वविद्यालयले विकास गरेको प्रविधिको प्रयोगले किसानको जीवनस्तर उकास्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ। विश्वविद्यालयका वैज्ञानिकले भैँसीको अप्राकृतिक प्रजनन गराउने प्रविधिको विकास, गर्मी सहन सक्ने जातको गहुँको विकास, चिलापिया माछाको उत्पादन गर्ने प्रविधिले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ।

करिब छ दशकअघिसम्म शिक्षाको कमी हुँदा अर्गानिक खेतीमार्फत आत्मनिर्भर मात्र नभई निर्यातसमेत गर्ने गरेको बताउँदै उनले अहिले बर्सेनि आयात बढ्नुले कतै कमजोरी भएको र त्यसलाई पत्ता लगाउन जरुरी रहेको बताए।