१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १६ बिहीबार १७:५५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

ठाडो भाका ‘लाउरे’ ल्याउँदै खड्क र तारा श्रीस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार १७:५५:oo

नयाँ वर्ष २०८० को अवसर पारेर लोकदोहोरी गायक खड्क गर्बुजाले ठाडो भाका ‘लाउरे’ ल्याउने भएका छन्।

लोकदोहोरी क्षेत्रमा कालीगण्डकीको सालैज्यू भाकालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने जस पाएका गर्बुजालाई गायनमा तारा श्रीसमगरले साथ दिएकी छिन्।  शारीरिक अपांगताका बाबजुद दर्शकलाई आफ्नो स्वरले मुग्ध बनाउने क्षमता राख्ने गायक गर्बुजाले ‘लाउरे’मा अभिनयसमेत गरेका छन्। उनीसँगै राहुल केसी र केकी अधिकारीले पनि अभिनय गरेका छन्।

गर्बुजा सालैजो, सोरठी, यानीमाया (ठाडो भाका), कौरा, झ्याउरे, ख्यालीजस्ता लोकगीतलाई पुनर्जीवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी लोकगायक मानिन्छन्। राजु केसी र रक्षा बानियाँ केसीले गायक तथा संकलक गर्बुजाका पुराना गीतहरूलाई भिडियोमार्फत दर्शकमाझ ल्याउन खोजेका हुन्।