१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १५ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १५ बुधबार १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालेन्द्रलाई प्रधानमन्त्रीको जवाफ- ढुक्क हुनुस्, सरकार पाँच वर्ष टिक्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १५ बुधबार १३:२४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने बताएका छन्। 

बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे। 

उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘कामनपा प्रमुख बालेन्द्र साहज्यूले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईं ढुक्क हुनुहोस्, यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’

प्रधानमन्त्री प्रचण्डले सरकार बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए।