ओलीको कटाक्ष- पुँजीवादीको पुच्छर, फाटोवादी प्रवृत्ति, पार्टीको नाम एकीकृत समाजवादी !

सोमबार, १३ चैत, २०७९
डिजिटल संस्करण

नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल पुँजीवादीको पुच्छर बनेको आरोप लगाएका छन्। 

एमाले गुल्मीको मिसन ग्रासरुट अभियानअन्तर्गत बृहत् प्रशिक्षणलाई सम्बोधन गर्दै उनले नेता नेपालप्रति व्यंग्य गर्दै पुँजीवादीहरूको पुच्छर र फाटोवादी प्रवृत्ति ढाक्न एकीकृत थपेर समाजवादी भन्दै हिँडेको कटाक्ष गरे। 

देशले नाकाबन्दीको सामना गरिरहेका वेला माधव नेपालले संसदमा देश डुब्नै लाग्यो बचाउन कोही त आऊ भनेर पार्टी फुटाउन सुरु गरेको आरोप लगाए। 

उनले कांग्रेसको बदमासी र बेइमानी बुझेर पनि बहुमत नहुँदा सरकारबाट बाहिर रहनुपरेको भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराए। 

सुझावित समाचार