१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुर्लभ रेडपाण्डालाई सुरक्षित स्थानमा छोडियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:३२:oo

दैलेखको नौमूले गाउँपालिकाको कालिकामा फेला परेको दुर्लभ रेडपाण्डालाई सकुशल सुरक्षित स्थानमा छोडिएको छ। 

उच्चपहाडी क्षेत्रमा हिउँ परेसँगै दैलेखको कालिका भन्ने स्थानमा आएको रेडपाण्डा पानीको तलाउमा भेटिएको थियो । स्थानीयले खबर गरेपछि नौमूले प्रहरी र डिभिजन वन कार्यालय दैलेखको टोलीले रेडपाण्डालाई उद्धार गरेर दैलेख सदरमुकाम ल्याएको थियो। 

कालिकाका स्थानीयले फेला पारेपछि प्रहरी र वन कार्यालयको देवेन्द्र चौधरीको टोलीले उद्धार गरेर आइतबार डिभिजन वन कार्यालय दैलेखमा ल्याई अवस्था विश्लेषण गरिएको हो। 

चोटपटक कुनै नदेखिएको र रेडपाण्डा सकुशल रहेकाले पुनः जिल्ला वन कार्यालय, प्रहरी टोली र पशु सेवा कार्यालयको टोलीले सुरक्षित स्थानमा छोडेको छ। 

दैलेखको उनिपाटा भन्ने स्थानमा छोड्नका लागि डिभिजन वन कार्यालय दैलेख, प्रहरी र स्थानीय जनप्रतिनिधिको टोली त्यसतर्फ गएको डिभिजन वन कार्यालय दैलेखका प्रकाश विकले जानकारी दिए।  

दैलेखको महावु गाउँपालिका र नौमूले गाउँपालिकाको उच्च भूभागमा रेडपाण्डाको बसोवास हुने गरेकाे छ। 
 

ad
ad