
गण्डकी प्रदेशकै ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरपरिसरमा कालिका कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । चैत्राष्टमी मेलाको अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिले प्रतियोगिताको आयोजना गरेको हो ।
आगामी १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले गरेका थिए । प्रतियोगिताको उद्घाटन खेल पाङ भलिबल पिभिसी टिम र बागलुङ नगरपालिका– ९ तित्याङ बिग स्टोनबीच भएको थियो । उद्घाटन खेलको सुरुवाती दुई–दुई सेट बराबरी भएपछि पाँचौँ खेलमा १२ का विरुद्ध १५ ल्याएर पाङ भलिबलले जितेको थियो ।
प्रतियोगितामा नेपाल प्रहरी, घुम्टे युवा परिवार, बिग स्टोन, काठेखोला तंग्राम, हिल साइड सेतो, काठेखोला गापा, काठेखोला काडेस, मूलपानी वानपा– ७, सिगाना एसभिसी, हिलसाइड निलो र निर्माण व्यवसायी टिम सहभागी रहेका संयोजक अर्जुन खड्काले जानकारी दिए ।