मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत ११ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ११ शनिबार १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ११ शनिबार १४:४५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य रहेको बताएका छन्।

शनिबारबाट काठमाडौंमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन– २३’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधनमन्त्री प्रचण्डले राजनीतिक क्षेत्रमा मात्र नभई समाजका हरेक गतिविधिमा महिला सहभागितालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए।

महिलालाई प्राथमिकतामा राखेर मात्रै समतामूलक समाज निर्माणतर्फ देशलाई लैजान सकिने उनको धारणा छ। समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको र लैंगिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे।

‘संविधानले संसदमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ। अहिले स्थानीय तहमा ४१ प्रतिशतभन्दा बढी महिला छन्। अरू देशको तुलनामा महिलाको यो राजनीतिक सहभागिता बढी हो,’ प्रधानमन्त्रीले भने, ‘महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक देखिएको छ।’

प्रधानमन्त्रीले महिलामा सिर्जनात्मक क्षमता धेरै रहने भन्दै आर्थिक क्षेत्र र उद्यमशीलता विकासमा पनि महिलाको सहभागिता वृद्धि गर्नुपर्नेमा जोड दिए।