Skip This
‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ बाट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ११ शनिबार
  • Saturday, 15 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ११ शनिबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ बाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ११ शनिबार o८:३७:oo

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ। चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ। गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको महोत्सवका निर्देशक पुस्कर गुरुङले जानकारी दिए। 

उनका अनुसार पाँचदिनसम्म चल्ने फेस्टिभलमा नेपालका ६ नाटकहरु मञ्चन हुनेछन। साथै फेस्टिभलमा माया थापाको निर्देशन तयार भएको नृत्य नाटीका ‘चंण्डालीका’ समेत मञ्चन हुनेछ।साथै महोत्सवको उद्घाटन समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार धनराशीको ‘डबली अवार्ड’ प्रदान गरिने गुरुङले बताए। 

यसअघि फेस्टिभलमा विदेशी नाटकहरु पनि समावेश गराइएको थियो। तर, भनेजस्तो राम्रो कथावस्तु भएको विदेशी नाटकहरु नआएर यसपटक नेपाली नाटक समेटिएको उनको दाबी छ। यो फेस्टिभल वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थियटरको आयोजनमा हुन लागेको हो।

ad
ad
ad
ad