Skip This
१० वर्षमा आगलागीका १८ हजार ७९१ घटना, ७६९ काे मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ९ बिहीबार २o:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

१० वर्षमा आगलागीका १८ हजार ७९१ घटना, ७६९ काे मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार २o:३५:oo

पछिल्लो १० वर्षमा मुलुकमा आगलागीका १८ हजार सात सय ९१  घटना भएको पाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार ०७० वैशाखदेखि चैत ०७९ सम्म आगलागीबाट सात हजार ६९ जनाको ज्यान गएको छ।

 २ हजार ५६८ घाइते भएका छन्। १० वर्षमा आगलागीबाट २२ अर्ब २३ करोडको क्षति भएको विवरण प्राधिकरणसँग छ। यो तथ्यांक डढेलोबाहेकको हो।

आगलागी न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी सञ्चार, तहगत प्रशिक्षणसहितका पहल गरिरहेको उनले बताए।

बिहीबार प्राधिकरणमा आयोजित पत्रकार भेटघाट पोखरेलले यस वर्ष हिउँदे वर्षा असाध्यै न्यून भएकोले आगलागी तथा वन डढेलाका घटनाको जोखिम पनि अधिक हुन सक्ने बताए। 

डढेलोबाट काठपात, जंगली जनावर, जडिबुटीसहित ठूलो पर्यावरणीय क्षति हुने गरेको छ। १० वर्षमा चट्याङका २ हजार २८० घटना हुँदा नौ सय एकको मृत्यु भएको छ । दुई  हजार पाँच सय ४५ जना घाइते भएका छन् । यस अवधिमा दुई हजार आठ सय तीन  चौपायाको पनि क्षति भएको छ।

आगलागी, वन डढेलो, चट्याङलगायत सबै प्रकारका विपद् जोखिमको जानकारी प्राप्त गरी सोहीअनुसार न्यूनीकरण तथा व्यवस्थापनका कार्य सञ्चालन गर्न सबै जानकारी एउटै पोर्टलमा व्यवस्थित गर्ने प्रणाली सुरु गरिएको छ। 

आगलागी तथा वन डढेलो नियन्त्रणमा खटिने अग्नि नियन्त्रण दस्ताहरू नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन उपभोक्ता समूह र नेपाल सरकारका वन प्राविधिकका लागि उपयुक्त हुने तालिम सामग्रीहरुको विकास गरी इलर्निङ पाठ्यक्रमको डिजाइन भइरहेको प्राधिकरणका सहसचिव अनिता निरौलाले बताइन्।

इलर्निङ प्लेटफर्ममा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैंगिक समानता, अपांगता र सामाजिक समावेशीकरणको परिचयात्मक पाठ्यक्रम उपलब्ध भइसकेका छन्।