मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ चैत ७ मंगलबार ०८:३६:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

चीनका राष्ट्रपति रुस भ्रमणमा

Read Time : < 1 मिनेट
२०७९ चैत ७ मंगलबार ०८:३६:००

रुसको दुईदिने राजकीय भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ मस्को पुगेका छन् । उनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । सन् २०२२ मा युक्रेनमा रुसी सेनाले हमला गरेयता राष्ट्रपति सीको यो पहिलो रुस भ्रमण हो । अन्तर्राष्ट्रिय फौजदारी अदालतले कथित युद्ध अपराधको मुद्दामा राष्ट्रपति पुटिनलाई पक्राउ पुर्जी जारी गरेको तीन दिनपछि पुटिनको रुस भ्रमण भएको छ । बेइजिङले सीको भ्रमणलाई ‘मित्रता र शान्तिको’ यात्रा भनेको छ भने मस्कोले दुई नेताले ‘व्यापक साझेदारी र रणनीतिक सहयोग’बारे छलफल गर्ने जनाएको छ ।

गत महिना बेइजिङले युक्रेनमा युद्ध अन्त्य गर्ने प्रस्ताव पेस गरेको थियो, जसलाई पश्चिमा राष्ट्रहरूले स्वागत गरेका थिए । पश्चिमी देशहरूले यसअघि बेइजिङलाई मस्कोलाई हतियार आपूर्ति नगर्न चेतावनीसमेत दिएका थिए । बेलायत र युक्रेन सरकारले राष्ट्रपति सीलाई रुस भ्रमणलाई युक्रेन युद्ध अन्त्यका लागि उपयोग गर्न अनुरोध गरेका छन् ।

युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले सीको यात्रालाई ‘नजिकबाट’ नियालिरहेको र सीले मस्कोमा ‘आफ्नो प्रभावलाई युक्रेन विरुद्धको आक्रामक युद्धको अन्त्य गर्न प्रयोग गर्ने अपेक्षा गरेको विदेशमन्त्री निकोलेन्कोले बताए । यसैबीच, रुसको अनुसन्धान समितिले शुक्रबार युद्ध अपराधको आरोपमा पुटिनलाई पक्राउ पुर्जी जारी गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)को अभियोजक र न्यायाधीशहरूविरुद्ध फौजदारी मुद्दा खोलेको जनाएको छ ।