मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Monday, 14 July, 2025
२o७९ चैत ६ सोमबार ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागेश्वरी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार ११:५५:oo

कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी भएको छ। कुल एक हजार एक सय ९२ मतदातामध्ये नौ सय ६० मत खसेको थियो। 

घोषित मत परिणामअनुसार सभापतिमा अनेरास्ववियुका देवेन्द्र बुढा निर्वाचित भएका छन्। उनले चार सय ५४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघकी टीकाकुमारी शाहीले दुई सय ४० मत पाइन्। 

त्यसैगरी सचिवमा विजयी अनेरास्ववियुका महेन्द्र मल्लले तीन सय १४ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका युवराज विष्टले दुई सय ९९ मत पाएको निर्वाचन समितिले जनाएको छ। 

कोषाध्यक्षमा अनेरास्ववियुका सुरेश चदाराले तीन सय १४ मत पाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका नवराज विकले दुई सय ८५ मत ल्याए। 

सदस्यमा अभिशा बोहरा, तीर्थकुमारी नकाल, तुलाराम भट्टराई, सिर्जना मल्ल विजयी भएका छन्। यसअघि पनि उक्त क्याम्पसमा अनेरास्ववियुले जितेको थियो।