१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ५ आइतबार १७:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार १७:१५:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।

लोसपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ। 

‘पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ। विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने बाटो खुल्नेछ,’ नेता महतोले भने।

बैठकले संसदमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ। यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षी बेन्चमा बसेको थियो। लोसपाको तर्फबाट प्रतिनिधिसभामा चार सांसद छन्।