१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मोहन वैद्य भन्छन्– प्रचण्डलाई विश्वास गर्ने अवस्था रहेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:o३:oo

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास गर्ने अवस्था नरहेको बताएका छन्।

राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको उनको तर्क छ। इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वैद्यले यस्तो बताएका हुन्।

ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री प्रचण्डले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको महासचिव वैद्यको आरोप छ।

‘ओलीले खत्तम पारे भनेर कांग्रेस–माओवादी केन्द्रहरू एकदम कुर्लिएर गए हेर्नुस्। अब सरकार बनाउने वेलामा त छैन। सरकार बनाउने वेलामा त जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने ल हेर्नुस् अब। यहाँभन्दा विचित्र के हुन्छ ? त्यो सरकार त टिकाउनुपर्ने हो नि त फेरि, एमालेसँग बसेर। त्यो पनि टिकाउन नसकेर फेरि फर्केर कांग्रेसतिर,’ उनले भने।

ad
ad