मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत ४ शनिबार ०९:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१५ हजार घुससहित सव-ईन्जिनियर रंगेहात पक्राउ 

Read Time : < 1 मिनेट
२०७९ चैत ४ शनिबार ०९:१७:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना सव-ईन्जिनियरलाई पोखराबाट पक्राउ गरेको छ । अख्तियारले बाटो निर्माण गर्दा जग्गा पर्नेगरी गरिदिने भन्दै १५ हजार घुस लिने सव-ईन्जिनियरलाई रंगेहात पक्राउ गरेको हाे । 

पोखरा महानगरपालिका २८ नं. वडा कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रविन बिकलाई घुस लिएको अवस्थामा पोखरा महानगरपालिका वडा नं. १४ चाउथेबाट अख्तियार टोलीले रंगेहात पक्राउ गरेको हो । विकमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।