मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३ शुक्रबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत ३ शुक्रबार ११:१८:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यस्तो हुनुपर्छ वास्तु मिलेको घर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत ३ शुक्रबार ११:१८:oo

मानव जीवन बसोवास गर्ने क्षेत्रसँग सम्बन्धित ज्ञानलाई वास्तु भनिन्छ । सामान्य रूपमा मानिस बस्ने ठाउँलाई पञ्चतत्वअनुसार मिलाउने कार्यलाई नै वास्तु भनेर बुझिन्छ । वास्तुशास्त्रको मुख्य मान्यता प्रकृतिको सान्निध्यमा रहेर संरचनाहरू निर्माण हुनुपर्छ भन्ने हो । यसले घर वा भवनमा ऊर्जा प्रवाह गर्छ । भूमि, नाग, भूमिदेवी तथा पर्यावरणीय सन्तुलन कायम हुन्छ । त्यसैले मानिसलाई प्रकृतिसँग तालमेल गर्दै आनन्दमय जीवन व्यतीत गर्न सहयोग पुर्‍याउँछ ।

- घरको प्रवेशद्वार बनाउँदा सकेसम्म उत्तर वा पूर्व फर्किएको भूमिमा भएको शुभ मानिन्छ । प्रमुख प्रवेशद्वार घडेरीको बनावटअनुसार पूर्व, उत्तर, पूर्व–उत्तर वा पश्चिम दिशामा हुँदा राम्रो हुन्छ । यसको ढोका अन्य ढोकाभन्दा ठूलो तथा अत्यन्त सुशोभित हुनुपर्छ । 

- घर बनाउँदा भान्साकोठाको स्थान दक्षिण–पूर्व आग्नेय दिशामा हुनुपर्छ । यो सम्भव नभएमा कोठाको दिशा हेरेर पनि मिलाउन सकिन्छ । सामान्यतया खाना पकाउँदा पूर्व वा उत्तर फर्किएकोलाई राम्रो मानिन्छ । 

- इनार वा जलाशय घरको पूर्व र उत्तर ईशान दिशामा राख्नु राम्रो मानिन्छ । 

- घरको पूर्व–उत्तर ईशान दिशाको बीचमा पूजाकोठा हुनु राम्रो मानिन्छ । ईशान्य कोठा हुनुपर्छ । जहाँ पढ्ने कोठा वा पूजाकोठा राख्न मिल्ने हुनुपर्छ । 

- बैठक कोठा घरको उत्तर फर्किएको राम्रो मानिन्छ । ढोका खोल्दा भित्र परेको हुनुपर्छ । घरको बीचमा बैठक कोठा बनाएको राम्रो हुन्छ । 

- घरको दक्षिण वा पश्चिम दिशातिर सुत्ने कोठाको स्थान हुनुपर्छ । घरमूलीको शयनकक्ष घरको दक्षिण–पश्चिममा र सुत्दा शिर दक्षिणतर्फ हुँदा 
राम्रो मानिन्छ । 

- घरमा शौचालय दक्षिण वा पश्चिम दिशामा भएको राम्रो हुन्छ । शौचालयको धारा उत्तर,–पश्चिम वा पूर्व झर्ने हुनुपर्छ । शौचालयमा बस्दा पूर्व वा पश्चिम फर्किनु आवश्यक छ । 

- अध्ययन कक्ष नैऋत्य र पश्चिम दिशाको मध्य, पश्चिम दिशा, वायव्य दिशा, उत्तर दिशा वा ईशान कोणको पूर्व दिशामा बनाउनु उपयुक्त हुन्छ । उत्तर, ईशान र पूर्व दिशा अगम्य ज्ञान र तेजको दिशा हो । अध्ययन कक्ष उत्तर भएको राम्रो हुन्छ ।