मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
यम बम काठमाडौं
२०७९ फाल्गुण ३० मंगलबार २२:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा हावाहुरी, प्रतिघन्टा ५० किलोमिटरसम्म वेग

Read Time : < 1 मिनेट
यम बम, काठमाडौं
२०७९ फाल्गुण ३० मंगलबार २२:४८:००

काठमाडौंसहित मध्य र पश्चिम नेपालमा हावाहुरी चलेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित बागमती प्रदेशका धेरै जिल्ला, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा हावाहुरी चलिरहेको छ । 

पश्चिमनेपालमा साँझ हावाहुरी चलेको थियो । काठमाडौंमा भने राति ठूलो हावाहुरी चलिरहेको छ । मोसमविद् समीर श्रेष्ठका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा प्रतिघन्टा ५० किलोमिटर वेगले हुरी चलेको छ । 

सामान्यतया प्रतिघन्टा २७ किलोमिटरभन्दा धेरै वेगको हावा चल्दा हावाहुरी भनिन्छ । यो अवस्थामा उडान पनि प्रभावित हुने गर्छन् । 

अहिले काठमाडौं जिल्लाको पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ । अन्य क्षेत्रमा पनि वर्षाको सम्भावना छ । मौसमविद् श्रेष्ठका अनुसार पश्चिमी वायुका कारण हावाहुरी चलेको हो । तर, कनेक्टिभ सिस्टम फरक छ । 

‘काठमाडौंदेखि पोखरासम्मको सिस्टम एउटै हो, त्यसभन्दा पश्चिमको सिस्टम फरक हो,’ मौसमविद् श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘ठूलो सिस्टम होइन, यसको आयु एक–डेढ घन्टाको मात्र रहनेछ ।’ प्रि–मनसुन भनेको हावाहुरी र चट्याङसहित वर्षाको सिजन हो ।