Skip This
महिलाका हक हरण गर्न लागेका १० टाउके रावण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३० मंगलबार
  • Friday, 26 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ३० मंगलबार १८:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महिलाका हक हरण गर्न लागेका १० टाउके रावण

गठबन्धनप्रति ओलीको टिप्पणी :

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ३० मंगलबार १८:o९:oo

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका हुन्। 

उनले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रूपमा चित्रित गरे। उनले १० दलीय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर विध्वंस मच्चिने दाबी गरे।

सत्तागठबन्धनप्रति इंगित गर्दै उनले अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाए। 

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरु चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको दाबी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भए पनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको बताए।