Skip This
दाङमा एनसिएलका दुई टावरको  विद्युत् काटियो 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ फाल्गुण २९ सोमबार १o:५१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दाङमा एनसिएलका दुई टावरको  विद्युत् काटियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार १o:५१:oo

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले दुईवटा एनसिएल टावरको विद्युत् काटेको छ । वितरण केन्द्रले हापुरेको र मोतिपुरको टावरको लाइन काटेको हो । विद्युतको बक्यौता रकम नबुझाएको भन्दै आइतबार ती टावरको लाइन काटिएको वितरण केन्द्र प्रमुख ज्ञानप्रसाद फर्सालले बताए । 

मोतिपुर टावरको ६ लाख ११ हजार ४ सय ९४ महसुल छ । जरिवानासहित साढे ७ लाख भएको छ । सोही टावरको विद्युत् महसुल नबुझाएको करिब दुई वर्ष हुन लागेको छ । त्यस्तै, हापुरेको टावरले पनि दुई वर्षदेखि विद्युत् महसुल बुझाएको छैन ।

५ लाख २० हजार रुपैयाँभन्दा बढी  बक्यौता छ भने जरिवाना जोड्दा साढे ६ लाखभन्दा बढी हुन्छ । प्राधिकरणले पटक–पटक भाडा बुझाउन अनुरोध गर्दा पनि कुनै चासो नदिएपछि लाइन काटेको जनाएको छ ।