१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २५ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण २५ बिहीबार ११:o८:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

अनुपको निर्देशनमा ‘यौटा सपनाको अवसान’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण २५ बिहीबार ११:o८:oo

आर्थर मिलरको चर्चित नाटक ‘डेथ अफ द सेल्सम्यान’को नेपाली रूपान्तरण १० चैतदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । ‘यौटा सपनाको अवसान’ नाम दिइएको नेपाली भर्सनलाई रंगकर्मी अनुप बरालले निर्देशन गर्दै छन् । साहित्यकार विप्लव प्रतीकले यसलाई नेपालीमा अनुवाद गरेका हुन् । 

बुधबार नाटकको पोस्टर सार्वजनिक गर्दै उनले यस नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउने विश्वास व्यक्त गरे । सार्वजनिक पोस्टरमा टाउको निहुर्‍याएको चरित्रको हतास मनस्थितिलाई देखाइएको छ । नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल ‘डेथ अफ द सेल्सम्यान’ २०औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ । अमेरिकामा सात सयभन्दा ज्यादापटक मञ्चन भएको यो नाटक विश्वका धेरै देशमा मञ्चन भइसकेको छ । 

नाटकको नेपाली रूपान्तरणमा शेखर चापागाईं, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदिभ श्रेष्ठ आदि कलाकारको अभिनय रहनेछ । १० चैतदेखि एक महिनासम्म चल्ने नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन्द पराजुलीले निर्माण गरेका हुन् ।