१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २२ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २२ सोमबार १८:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दीपेन्द्रले लगातार दुई विकेट लिएपछि युएई दबाबमा, नेपाल खेलमा फर्कियो

आइसिसी पुरुष विश्वकप लिग - २

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २२ सोमबार १८:३८:oo

आइसिसी पुरुष विश्वकप लिग - २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईसँगको खेलमा नेपाल खेलमा फर्किएको छ। 

दीपेन्द्रसिंह ऐरीले ४२औँ ओभरमा लगातार दुई बलमा विकेट लिएपछि नेपाल खेलमा फर्किएको हो। दीपेन्द्रले ८२ रन बनाएर खेलिरहेका आसिफ खानलाई कट एन्ड बोल्ड गरे। 
एक सय १५ बलमा तीन छक्का र दुई चौकाको मद्दतले ८२ रन बनाइसकेका आसिफ नेपालका लागि टाउको दु:खाइ बनिरहेका थिए। 

आफिस आउट भएसँगै अर्को बलमा दीपेन्द्रले कात्तिक मेइयापानको विकेट लिए। उक्त विकेटमा पनि उनले आफैँले क्याच गरेका थिए। 

ताजा अवस्थामा युएई ४३औँ ओभरमा ९ विकेट गुमाएर एक सय ७६ रन बनाएको छ।