१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २१ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २१ आइतबार १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २१ आइतबार १६:५४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन्। 

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा उनले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्। 

सरकारले सो आर्थिक वर्षमा सम्पादन गरेका कामकारबाही समेटिएको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गरिएको हो। 

संवैधानिक व्यवस्थाअनुसार सरकारले सम्पादन गरेका कामकारबाहीको फेहरिस्त राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ। 

सो अवसरमा मुख्यसचिव शंकरदास बैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलगायतको सहभागिता रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

तस्बिर : रासस