१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १७ बुधबार १६:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पृथ्वी शाहमाथि ठगीका चार मुद्दा चलाउन सिआइबीको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार १६:o४:oo

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान  ब्युराे (सिआइबी)ले ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चारवटा मुद्दा चलाउन सुझाव दिएको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयविक्रम शाहसहितका समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्दा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो।

अमेरिकी नागरिकहरू ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका सातजनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। 

अनुसन्धानमा उनीहरूले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए। 

सिआइबीका अनुसार ठगी घटनामा संलग्न पृथ्वीसहित सातजना पक्राउ परेका छन् भने अन्य १३ जना फरार रहेका छन्। पीडितलाई क्षतिपूर्ति दिलाई घटनामा संलग्न सबैलाई सात वर्ष कैद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको पनि प्रवक्ता थापाले बताए। 

उनीहरूले ठगीबाट आर्जित रकम ३८ करोड ८६ लाख ६२ हजार एक सय ३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरूविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दूतावासमार्फत उजुरी दिएका छन्। 

केही क्यानेडियन र बेलायती नागरिक पनि उनीहरूबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ। उनीहरूले अमेरिकी नागरिकसँग अमेजनको बिल भुक्तानी, एन्टिभाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए । ठगीमा पर्नेहरूमा प्रायः वृद्धवृद्धा रहेको पनि प्रवक्ता थापाले बताए। 

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकममध्ये एक करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरूले रोक्का गरिदिएको पनि सिआइबीको अनुसन्धानमा उल्लेख गरिएको छ ।