१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २० बिहीबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हडपेका सार्वजनिक सम्पत्ति महानगरलाई फिर्ता गर्न मेयर सिंहको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:४४:oo

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरपालिकाको हडपेका सार्वजनिक सम्पत्ति महानगरपालिकालाई हस्तान्तरण गर्न आग्रह गरेका छन्।

मेयर सिंहले समाजिक संजालमार्फत यस्तो आग्रह गरेका हुन्। मेयर सिंहले, ‘मठमन्दिर सार्वजनिक जमिन अतिक्रमण गर्नुभएका महानुभावहरूले कृपया आफैँ वीरगन्ज महानगरलाई सो सम्पत्ति हस्तान्तरण गरिदिनुहुन अनुरोध छ,’ उनले लेखेका छन्।

मेयर सिंह अहिले महानगरपालिकामा हडपिएका विभिन्न जग्गा खोजी गर्न लागि परेका छन्। उनले माइदिया पोखरी हडपेर निर्माण गरेकाहरूको घरमा डोजर लगाएका छन्। चार बिघा क्षेत्रफल रहेको उक्त पोखरी १८ कठ्ठामा खुम्चिएको समाचार सार्वजनिक भएपछि मेयर सिंह कडा रूपमा प्रस्तुत भएका छन्।

ad
ad