Skip This
सत्ता ज्यान पाल्ने थलो बन्यो : सभामुख घर्तीमगर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १६ मंगलबार
  • Friday, 26 July, 2024
टोपलाल अर्याल रुपेन्देही
२o७९ फाल्गुण १६ मंगलबार १३:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्ता ज्यान पाल्ने थलो बन्यो : सभामुख घर्तीमगर

Read Time : < 1 मिनेट
टोपलाल अर्याल, रुपेन्देही
नयाँ पत्रिका
२o७९ फाल्गुण १६ मंगलबार १३:२२:oo

लुम्बिनी प्रदेश सभाका सभामुख तुलराम घर्तीमगरले नेताले सत्तालाई ज्यान पाल्ने थलो बनाएको आरोप लगाए। 

उनले राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगले रुपन्देहीमा आयोजना प्रादेशिक सरोकारवालाहरूको परामर्श गोष्ठीलाई सम्बोधन गर्दै सबैभन्दा भ्रष्ट सोच नेतासँग भएकाले कर्मचारी र नेता मिलेर देश लुट्ने काम भएको बताए। 

नगद पैसा लेनदेन मात्र भ्रष्टाचार नभएर पछिल्लो समय आफूअनुकूल नीति बनाएर राज्य बनाउनेभन्दा देश लुट्ने काम नेता र कर्मचारीले गरिरहेको घर्तीमगरले बताए। ‘संसदमा निर्वाचित माननीयलाई तलब नदिउँभन्दा धेरैले जंगली भने। राज्यको सम्पत्ति जोगाउने कुरा गर्दा माफ मागेर स्वीकार गर्नुपर्ने अवस्था बन्यो,’ उनले भने। 

नीतिगत भ्रष्टाचार मौलाएको छ । उनले संसदमा बसेर सरकारले मनपरी गर्न नपाउनेसमेत बताए । पटक–पटक फेरबदल हुने सत्तासमीकरणको कारण समस्या विकाराल बनेको घर्तीमगरले औँल्याए। ‘माननीयहरू बसमा चढेर हिँड्दा कठै भनेर उक्साउने। तर, चिटिक्क परेर गाडी चढे विगतको चप्पले जीवन उठाएर भ्रष्टको संज्ञा दिने प्रवृत्ति हाबी छ,’ उनले भने।