
१३औँ संस्करणको कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ ।
३० स्वर्ण पदकका लागि भएको प्रतियोगितामा २८ स्वर्ण, १० रजत र ६ कांस्य गरी कुल ४४ पदकसहित पोखराले उपाधि जितेको हो । दुई स्वर्ण र चार कांस्य गरी ६ पदक जित्दै रूपा गाउँपालिका दोस्राे र नाै रजत र नाै कांस्य गरी १८ पदकका साथ माछापुच्छ्रे गाउँपालिकाले तेस्राे स्थान हात पारे ।
कास्कीका कुल पाँच पालिकामध्ये अन्नपूर्ण गाउँपालिका सात रजत र आठ कास्य गरी १५ पदकसहित चौथो हुँदा मादी गाउँपालिकाले कुनै पदक जित्न सकेन ।
उपाधि विजेता पोखराले १२ हजार र उपविजेता रूपाले नाै हजार नगद पुरस्कार पाए । प्रतियोगितामा पोखराकी सविना खातुनले पाँच स्वर्णसहित धेरै पदक जित्ने खेलाडीमा आफ्नो नाम लेखाइन् ।