१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १५ सोमबार २o:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिभिल अस्पताल निरीक्षणपछि सेवा प्रवाहमा सुधार गर्न मन्त्री मोदीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १५ सोमबार २o:४२:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पताल (सिभिल अस्पताल) को निरीक्षण गरेका छन्। 

सोमबार मन्त्री मोदीले अस्पताल पुगेर अस्पतालको भौतिक संरचना, सेवा प्रवाह, सरसफाइको अवस्थाबारे निरीक्षण गरेका हुन्। 

निरीक्षणपछि मन्त्री मोदीले अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गर्न निर्देशन दिए। मुख्य गरी अस्पतालले आकस्मिक सेवा प्रवाहमा सुधार गर्नुपर्ने निर्देशन मन्त्री मोदीले दिए। 

‘यहाँको आकस्मिक सेवा प्रवाहको सन्दर्भमा धेरै गुनासा छन्,’ मन्त्री मोदीले भने, ‘आकस्मिक सेवा प्रवाहको सन्दर्भमा उल्लेख्य सुधार गर्न आवश्यक छ, त्यतातिर तपाईंहरूको ध्यान जाओस्।’ 

मन्त्री मोदीले चिकित्सक र नर्सहरूको व्यवहार र बोलीले पनि बिरामीहरूको मनोबल वृद्धि हुने भएकाले सेवाग्राहीसँग राम्रो व्यवहार गर्नसमेत निर्देशन दिए। 

सेवाग्राहीसँग चमेना गृहमा सँगै खाना खाएका मन्त्री मोदीले चमेना गृहको सरसफाइमा ध्यान दिन पनि निर्देशन दिए। ‘यहाँको चमेना गृह, चर्पी र अस्पताल परिसरको सरसफाइमा पनि विशेष रूपले ध्यान दिनुहोला,’ मन्त्री मोदीले भने। 

निरीक्षणको क्रममा अस्पतालका डाक्टर, नर्स र कर्मचारीले अस्पतालको नीतिगत, प्रशासनिक र संस्थागत सुधारका सम्बन्धमा समस्याहरू राखेका थिए। 

मन्त्री मोदीले नेता, सांसद, मन्त्री र अन्य सर्वसाधारणलाई समान व्यवहार गर्न पनि निर्देशन दिए। अस्पतालका विकृति र विसंगति हटाउनका लागि उचित पहलकदमी लिने आश्वासन मन्त्री मोदीले दिए।