१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

शुभगृहको बोर्डमा सुरजसिंह ठकुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:११:oo

शुभगृह इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले आफ्नो बोर्डमा सुरजसिंह ठकुरीलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । एभरेस्ट होटेलमा आयोजित एक समारोहबीच ठकुरी र शुभगृहबीच हस्ताक्षर भएको हो ।

‘विद्यार्थीलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरूको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिई आफ्नो सेवा प्रदान गरिरहेको शुभगृहको दाबी छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुरजसिंह ठकुरीले भने, ‘अस्ट्रेलिया, क्यानडा, युरोप, संयुक्त राज्य अमेरिका वा युनाइटेड किङडममा अध्ययन गर्ने विद्यार्थीको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पुर्‍याएको छ । म यस लगनशील टिमको हिस्सा हुन पाउँदा उत्साहित छु र विद्यार्थीलाई शुभगृहमा उनीहरूको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर छु ।’

शुभगृहकी संस्थापक सुगन्ध थापाले आवेदकहरूको लक्ष्य जेसुकै रहे पनि कम्पनीले उनीहरूलाई आफ्नो लक्ष्यमा पुग्न सही बाटो प्रदान गर्ने बताइन् । शुभगृह अस्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित शैक्षिक संस्था र परामर्शदाता हो ।

ad
ad