मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण १५ सोमबार १२:३२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभाबाट निजामती कर्मचारीसम्बन्धी दुई अध्यादेश पारित

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १५ सोमबार १२:३२:००

बागमती प्रदेश सभाको आइतबार साँझ बसेको बैठकले प्रदेशको निजामती कर्मचारी र स्थानीय तहका कर्मचारीसम्बन्धी दुईवटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मतिले पास गरेको छ ।

बैठकले प्रदेश सरकारले जारी गरेको प्रदेश निजामती सेवाको गठन तथा सञ्चालन अध्यादेश, २०७९ र स्थानीय तहको सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको प्रतिस्थापन विधेयकहरू पास गरेको हो । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले दुवै अध्यादेशका प्रतिस्थापन विधेयकहरू पारित गरियोस् भनी निर्णयार्थ गरिएको प्रस्तावलाई सर्वसम्मतिले पास गरेका हुन् । अब विधेयकहरू प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै कानुन बन्नेछन् ।

आइतबारको प्रदेश सभा बैठकमा विधेयक व्यवस्थापन विशेष समितिका सभापति डा. दिनेशचन्द्र देवकोटाले दुई अध्यादेशको प्रतिस्थापन विधेयकको प्रतिवेदन पेस गरेका थिए । यसअघि शनिबार गठन गरिएको विधेयक व्यवस्थापन विशेष समितिको बैठकले सांसदहरूले अध्यादेशका विषयमा हालेका संशोधनमाथि दिनभरि दफवार छलफल गरेका थिए ।