१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:३४:oo

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री राईले यस्तो बताएका हुन् ।

उनले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्याको पहिचान गरी समाधानका लागि सरकार सकारात्मक रहेको बताए । सहकारी संकटमा आए भनेर बजारमा हल्लाभन्दा पनि बदमास गर्ने सहकारीहरूको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

‘मुलुक हल्लैहल्लाको देश हो । केही ठूला सहकारी विधिभन्दा बाहिर गए होला । ग्रामीण क्षेत्रका सहकारीले राम्रो काम गरेका छन् । ३० हजार सहकारीमा १५ वटाले नराम्रो गरेको भए पनि अन्यले गरेका छैनन्,’ उनले भने ।

मन्त्री राईले सहकारीहरूले विधिविधानभन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको प्रस्ट पारे । उनले सहकारीको विषयमा बढी नै हल्ला भएकाले सहकारीप्रतिको विश्वास गुम्दै गएको बताए ।

ad
ad