मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २४ बुधबार
  • Wednesday, 07 June, 2023
२०७९ फाल्गुण १४ आइतबार १६:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साइकल कनेक्ट भक्तपुरको नेतृत्वमा निर्जला कोजू

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १४ आइतबार १६:०६:००

भक्तपुर जिल्लामा साइकल संस्कृति प्रवर्द्धन गर्न ‘पैदल र पेडलमैत्री सहर’को मूल उद्देश्यसहित सुरुवात भएको साइकल कनेक्ट भक्तपुरमा निर्जला कोजूको नेतृत्वमा सात सदस्यीय दोस्रो कार्यसमिति गठन भएको छ।

नयाँ कार्यसमितको अध्यक्षमा निर्जला कोजू, उपाध्यक्षमा रिचिन दुवाल, सचिवमा रियाज कर्माचार्य, कोषाध्यक्षमा रविना सुवाल तथा सदस्यहरूमा रितेश मचामसी, विकास ग्वाछा र आशिब कर्माचार्य रहेका छन् । 

शनिबार पदभार ग्रहणपश्चात् अध्यक्ष कोजूले साइकल कनेक्टको सुरुवात र विगतका कार्यक्रमको विषय स्मरण गर्दै आगामी दिनमा संस्थाको उद्देश्यबमोजिम नियमित कार्यक्रमसँगसँगै थप नयाँ सशक्त तथा रचनात्मक कार्यक्रमहरू गरिने बताइन् ।

कार्यक्रममा साइकल कनेक्ट भक्तपुरको तर्फबाट नेपाल साइकलिङ एसोसिएसनले आयोजना गरेको प्रथम क्रसकन्ट्री इलिमिनेसन च्याम्पियनसिपमा सिल्भर मेडल विजेता पुजन मगर तथा ब्रोन्ज मेडल विजेता वीरेन्द्र डोङलाई बधाई तथा सम्मान गरिएको थियो ।