१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मातृभाषा पत्रकारिताको विकास हुनु जरुरी छ : अध्यक्ष बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५o:oo

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिताको विकास हुन सके सबैखाले मातृभाषाको संरक्षणमा सहयोग पुग्ने बताएका छन् । शनिबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रेस काउन्सिलमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले राष्ट्र र राष्ट्रियतासँग जोडिएको मातृभाषाको संरक्षण सबैको दायित्व भएको औँल्याए।

उनले भाषामाथिको प्रहार देशमाथिको प्रहार हुने भएकाले भाषाभाषीको विविधतालाई जोगाउन आवश्यक भएको बताउँदै त्यसको संरक्षण अभियानमा काउन्सिलले आफ्नो भूमिका निर्वाह गर्ने विश्वास दिलाए । 

अध्यक्ष बस्नेतले मातृभाषाको महत्व बुझेर नै काउन्सिलले पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा समेत प्रकाशन गरेको स्मरण गराउँदै आगामी दिनमा थप योजनासहित काम गर्ने बताए । उनले काउन्सिलका तर्फबाट मातृभाषा पत्रकारिताको थप विकास र प्रवर्द्धन गर्न के–कस्ता पहल हुन जरुरी छ भन्नेबारे सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे । 

नेवाः पत्रकार राष्ट्रिय दबूको समन्वयमा भएको मातृभाषा र पत्रकारिता विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अधिकांश वक्ताले कुनै पनि समुदायको मातृभाषा उक्त राष्ट्रकै सम्पत्ति भएको बताए । 

ad
ad