१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जुम्लाको हाँकु–गिडी खोलामा औद्योगिक ग्राम स्थापना गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१६:oo

जुम्लाको तातोपानी गाउँपालिका–४, हाँकु–गिडी खोलामा औद्योगिक ग्राम स्थापना हुने भएको छ । सरकारले मुलुकभरका छनोट गरेका आठ स्थानीय तहमध्ये जुम्लाको तातोपानी गाउँपालिका–४, हाँकु–गिडी खोलामा पनि औद्योगिक ग्राम स्थापना हुने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।

स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारणका लागि सो औद्योगिक ग्रामको भूमिका हुने अध्यक्ष चौलागाईंको भनाइ छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ०७९ भदौ १० गते औद्योगिक ग्राम स्थापनाका लागि सार्वजनिक सूचना जारी गरेको थियो । 

मन्त्रालयको जारी सूचनाका आधारमा चाहिने सबै प्रक्रिया पूरा गरी गाउँ कार्यापालिकाको निर्णयबाट गिडी खोलालाई छनोट गरी औद्योगिक ग्राम स्थापनाका लागि मन्त्रालयमा प्रस्ताव पेस गरेको वडाध्यक्ष अमर रोकायाले बताए । 

सो वडाको राते खोलामा रहेको करिब १५ हजार आठ सय ८२ वर्गमिटर क्षेत्रफलमा   जग्गामा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल सरकारकोे मन्त्रिपरिषद्को यही फागुन ४ को निर्णयबाट स्वीकृत भई पारित भएको वडाध्यक्ष रोकायाले जानकारी दिए ।

स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी यहाँका स्थानीयवासीको रोजगारी सिर्जनामा टेवा पुग्ने वडाध्यक्ष रोकायाको भनाइ छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम निर्माणबारे प्रस्ताव राखेपछि सरकारको तर्फबाट स्वीकृत गरेको हो । 

सरकारले प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । छरिएर रहेको स्थानीय स्रोत–साधन तथा प्रविधि परिचालन गरी स्थानीयस्तरमै रोजगारी सञ्चालन गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्राम घोषणा गर्दै आएको छ ।

ad
ad