१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १२ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका मकवानपुर
२o७९ फाल्गुण १२ शुक्रबार १२:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हेटौँडा सिमेन्टले थाल्यो पुनः उत्पादन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o७९ फाल्गुण १२ शुक्रबार १२:१३:oo

कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ। कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ।

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार ६ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ। 

उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार ६ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिए। बाँकी कोइला आउने क्रममा रहेको छ। कोइला आपूर्ति भारत, भुटान, इन्डाेनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए।