Skip This
ऊर्जा र सिँचाइको टोलीसहित सांसद ज्ञानेन्द्र शाही गृहजिल्लामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १० बुधबार
  • Friday, 26 July, 2024
२o७९ फाल्गुण १० बुधबार १५:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ऊर्जा र सिँचाइको टोलीसहित सांसद ज्ञानेन्द्र शाही गृहजिल्लामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १० बुधबार १५:५५:oo

प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही ऊर्जा र सिँचाइको टोलीसहित गृहजिल्ला जुम्ला पुगेका छन्। गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिलोले यहाँका सिँचाइका नहर, बाँध क्षतविक्षत भएका छन्। यिनै क्षतविक्षत भएका सिँचाइका संरचना पुनर्निर्माण अध्ययन टोलीसहित सांसद शाही जुम्ला पुगेका हुन्। 

बाढीपहिलोले भत्काएकाले हाम्रा सिँचाइ नहर, बाँध क्षतविक्षत छन्। जेठमा जुम्लाको धान रोपाइँ हुन्छ। त्यसको तयारी चैत १२ गते धानको बिउ राख्नेदेखि सुरु हुन्छ। तर, अहिलेसम्म सिँचाइ नहर मर्मत भएका छैनन्।  

यस्तै, जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगे पनि धेरै गाउँबस्ती अँध्यारोमै बस्न बाध्य छन्। यहाँका सबै गाउँबस्तीमा विद्युत् प्रसारण लाइन पुगेको छैन। गाउँमा भएका साना जलविद्युत् आयोजना बाढीपहिरोले क्षति भएका छन्। 

सांसद शाहीले भने १३३ केभिए विद्युत् प्रसारण लाइन जुम्ला पुग्न अझै धेरै समय लाग्ने भएकाले अहिले तत्काल अँध्यारा गाउँबस्तीमा उज्यालो गर्नका लागि वैकल्पिक ऊर्जाको टोली ल्याएका हुन् । अहिले सोलार बालेर पनि उज्यालोको व्यवस्थापन गर्नुपर्दछ भन्ने उद्देश्यका साथ ऊर्जाको टोली अध्ययनका लागि जुम्ला पुगेको हो। 

अर्काे विकास बजेटमा निकै अनियमितता, हिनामिना हुने बुझिएको सांसद शाहीले बताए। उनले भने, ‘अनुदानका कार्यक्रममा पनि विकृति छ। यसतर्फ सचेत हुन आवश्यक देखिन्छ। गएको असोजको बाढीपहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भयो। अवरुद्ध राजमार्ग तत्काल खोल्न सबैले पहल गर्ने काम भयो । त्यतिवेला सडक कार्यालय, सुरक्षाकर्मी नेपाली सेना खटाएर छोटो समयमा सडक खोल्ने काम भयो।’ 

तर, त्यतिवेला सडक सुचारु गर्ने क्रममा खर्च भएको बजेट अहिलेसम्म निकासा नभएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए। उनले भने, ‘त्यतिवेला केवल सडक खुलाउने काम मात्रै भएको छ। अहिलेसम्म सडकका दायाँबायाँ छेउमा रहेको पहिराे पन्छाएको छैन। कर्णाली राजमार्ग जोखिम अवस्थामा छ । यस्तै, सिँचाइका नहरको अवस्था पनि उस्तै छ। कृषकले धान रोप्ने समय आउन थालिसक्यो।’ 

जुम्लाका ग्रामीण भेगमा टेलिफोनको निकै समस्या रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए। उनले भने, ‘टावर निर्माणका लागि तीन वर्षअघि ठेक्का भएको देखिन्छ। तर, ठेकेदारले टावर निर्माण नै गर्दैन। स्थानीय तहसँग टावर निर्माण सामग्रीको ढुवानी खर्च बार्गेनिङ गरेर बसेको हुन्छ। धेरै ताकेता गर्दा ठेकेदार सम्पर्कमा नआउने र भाग्ने प्रवृत्ति बढेको छ।’

जुम्लाको विकास निर्माणका विषयमा सर्वदलीय सर्वपक्षीय बैठकमा भाषण धेरै गर्नुभन्दा पनि काम गर्नुपर्ने नेपाली कांग्रेसका जिल्ला पार्टी सचिव अर्जुनसिंह कठायतले बताए। 

उनले भने, ‘अहिले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी चारजना सांसद छन् । जुम्लाका सांसदले एकल ढंगले भन्दा पनि सामूहिक, समन्वय र सहकार्य गरी काम गर्नुपर्दछ । ता कि जुम्लाको संसदमा बल पुगोस् र हाम्रा विकास निर्माणका काम समयमा हुन सकून्। यहाँ ठूलो आयोजना निर्माण होस्।’

नेकपा माओवादी केन्द्र प्रदेश सदस्य मनोज बुढाथोकीले जिल्लामा उद्यमशीलता हराउँदै गएको बताए। उनले टुक्रे योजनाको साटो बृहत् गौरवका आयोजना निर्माण हुनुपर्नेमा जोड दिए। 

विकास निर्माणको बजेटमा कर्मचारी र उपभोक्ता समिति, ठेकेदारबीच ६०-४० प्रतिशतको हिसाबकिताब हुने गरेको राप्रपा नेता मनसुर सुनारले बताए।