१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १४:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपालको खराब सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:o७:oo

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले दिएको दुई सय १३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । 

नेपालले ३४ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको छ । १५औँ ओभरको खेल चलिरहँदा नेपालले ५० रन पूरा गरेको छ । क्रिजमा कप्तान रोहित पौडेल र युवा अलराउन्डर कुशल मल्ल छन् । 

ओपनिङ ब्याटर कुशल भुर्तेल र आसिफ सेख तथा भरपर्दा ब्याटर ज्ञानेन्द्र मल्ल सस्तैमा आउट भएपछि नेपाल अप्ठेरो अवस्थामामा पुगेको छ ।

एक रनको अवस्थामा कुशल आउट भएका थिए । त्यसपछि नेपालले १८ रन जोड्दा अर्का ओपनर ब्याटर आसिफ क्याकमुलेनको बलमा क्याचआउट भए ।

ज्ञानेन्द्र भने रेफ्रीको खराब फैसलाको सिकार भए । इनसाइड एजसहितको बलमा उनी एलबिडल्बू आउट करार भए । 

त्यसअघि नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्यान्ड ४६.१ ओभरमा दुई सय १२ रनमा अलआउट भएको थियो । 

सन्दीप लामिछानेले चार तथा करन केसीले तीन विकेट लिएपछि स्कटल्यान्ड ५० ओभरअघि नै अलआउट भएको हो । दश ओभर बलिङ गरेका सन्दीपले ४५ रन दिएर चार विकेट लिए । 

८.१ ओभर बलिङ गरेका करनले ४२ रन दिएर तीन, ललित राजवंशीले दश ओभरमा ३३ रन दिएर एक तथा कुशल मल्लले ६ ओभरमा ६० रन दिएर एक विकेट लिए । 
सात ओभर बलिङ गरेका सोमपाल कामीले २३ रन दिए । उनले विकेट लिन सकेनन् । पाँच ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले २९ रन दिए भने विकेट लिन सकेनन् । 

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई शानदार रूपमा हराएको थियो । 

ad
ad