१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

सफलताको सूत्र : स्वअध्ययन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:५४:oo

स्कटल्यान्डको कुनै गाउँको निर्धन परिवारमा एक बालकको जन्म भयो । बालकका पिता एउटा पुरानो ठेलामा राखेर सस्तामस्ता सामान बिक्री गर्थे । उनकी आमा घरमै केक बनाएर सडक किनारमा बसेर बिक्री गर्थिन् । यसैबाट आएको आम्दानीले उनीहरूको परिवार मुस्किलले चलेको थियो । बालक क्रमशः हुर्किंदै गए । जब उनी युवा भए, तब उनी यसरी जिन्दगी नचल्ने ठानेर अमेरिका गए । 

अमेरिकामा उनले एउटा फलाम कम्पनीमा कार्यालय सहयोगीको काम पाए । काम खासै धेरै थिएन । घन्टी बजेपछि प्रबन्ध निर्देशकसामु उपस्थित हुनु र उनको आदेशअनुरूपको काम पूरा गर्नु उनको दैनिकी थियो । यसबाट बचेको समयमा उनी एउटा कुर्सीमा बस्थे । उनलाई त्यत्तिकै समय खेर फाल्न मन लाग्दैनथ्यो । त्यसैले, उनी प्रबन्ध निर्देशकको अनुमति लिएर उनैको दराजमा भएका किताब निकालेर खाली समयमा पढ्ने गर्थे ।

एक दिन कुनै विषयमा कम्पनीका निर्देशकबीच विवाद सुरु भयो । उनीहरू कुनै निर्णयमा पुग्न सकेनन् । ती कार्यालय सहयोगीले पनि सो विवाद सुनिरहेका थिए । उनी आफ्नो स्थानबाट उठे, दराजबाट एउटा किताब निकाले र निर्देशकहरूको विवादको समाधान भएको पृष्ठ पल्टाएर देखाइदिए । यो सब देखेपछि निर्देशकहरूले उनको स्वअध्ययन, ज्ञान र बौद्धिकताको प्रशंसा गरे । 

उनको क्षमताको कदर गर्दै त्यसको केही दिनपछि नै उनलाई कम्पनीको निर्देशक पदमा नियुक्त गरियो । उनको प्रगति त्यतिमै रोकिएन । पछि काम गर्दै जाँदा उनी त्यस कम्पनीका प्रबन्ध निर्देशकसमेत बने । एउटा निर्धन बालक करोडौँ सम्पत्ति कमाउन सफल भए । ती बालकको नाम थियो— एन्ड्र्यु कार्नेगी ।

ad
ad