मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका लुम्बिनी
२०७९ फाल्गुण ८ सोमबार १४:२८:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकार विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
२०७९ फाल्गुण ८ सोमबार १४:२८:००

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् तेस्रोपटक विस्तार गरिएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल अहिर आइतबार मन्त्री नियुक्त भएपछि प्रदेश सरकार तेस्रोपटक विस्तार भएको हो । उनलाई कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त गरिएको छ ।

अहिरलाई सोमबार मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराए । एक साताअघि नेकपा (एमाले)का तर्फबाट कृषिमन्त्री बनेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ । 

त्यस्तै मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्रीको जिम्मेवारी तोकेका मन्त्री कृष्णा केसीले अहिलेसम्म पदबहाली गरेकी छैनन् । उनको पदबहाली नभएसम्म आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकिएको छ । रासस