१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपालगन्जका ४८ साना व्यवसायीलाई ८० लाख प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४८:oo

नेपालगन्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले विपन्न समुदायका व्यवसायीलाई लगानी गर्न थालेको छ।

प्रजातन्त्र दिवसको अवसर पारेर उपमहानगरले पहिलो चरणमा ४८ जना साना व्यवसायीलाई ८० लाख रुपैयाँ लगानी गरेको मेयर प्रशान्त विष्टले जानकारी दिए।

नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरेको साझेदारी विकास कार्यक्रमअन्तर्गत आइतबार ४, ७, ८, ९, ११ र २० वडाका ४८ जना साना व्यवसायीलाई न्यूनतम २५ हजारदेखि दुई लाख रुपैयाँ प्रदान गरिएको उनले बताए। 

साझेदारी विकास कार्यदलका संयोजक एव‌‌‍‌म् नेपालगन्ज २० का वडाध्यक्ष कौशलकुमार धोबीले ती व्यवसायीलाई चेक प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए।  

सानो स्केलमा व्यापार, व्यवसाय गरिरहेका विपन्न समुदायका व्यवसायीलाई चेक रकम हस्तान्तरण गरिएको उनले बताए। उनले  लक्षित समुदायअन्तर्गत मधेसी, मुस्लिम, पिछडिएको वर्ग, अल्पसंख्यकको पहिचान गरी आवश्यकताका आधारमा रकम प्रदान गरेको बताए। 

ad
ad