Skip This
ऐतिहासिक लमजुङ दरबारको पुनर्निर्माण सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ८ सोमबार
  • Friday, 26 July, 2024
२o७९ फाल्गुण ८ सोमबार ११:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ऐतिहासिक लमजुङ दरबारको पुनर्निर्माण सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ८ सोमबार ११:३२:oo

शाहवंशीय राजाहरूको उदगमस्थलका रूपमा परिचित लमजुङ दरबारको पुनर्निर्माण सुरु गरिएको छ।

पुरातात्विक विभागले जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुनर्निर्माण कार्य दुई वर्षमा सक्ने लक्ष्यका साथ निर्माणकार्य सुरु गरेको हो।  

०७९ माघ २० गते कालीका मन्दिरमा क्षमा पूजा गरी दरबार भत्काइएको कालिका मन्दिरका पुजारी सोमराज बरालले बताए।

उनका अनुसार मन्दिरमा रहेका महेश्वर, विष्णु, ब्रह्म, महाकाली, महासरस्वती र महालक्ष्मीलगायतका देवी–देवताको मूर्ति नयाँ भवनमा क्षमा पूजा गरी सारिएको छ।

पुजारी बरालका अनुसार दरबारको पुनर्निर्माण कार्य गरिँदा पुरानै स्वरूपमा इँटा, ढुंगा, काठ, तामाको प्रयोग हुने बताइएको छ। दरबारको छाना तामाको हुनेछ।

०७२ सालको भूकम्पले चर्केको लमजुङ दरबारमा दुईपटक चट्याङले थप जीर्ण अवस्था पुगेको थियो। जीर्ण बन्दै गएकाे दरबारको पुनर्निर्माणका लागि पुरातात्विक विभागका डा. जगमान गुरुङको टोलीले गत वर्ष अवलोकनसमेत गरेका थिए।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पुरानै स्वरूपमा निर्माण गरिने दरबारका लागि यस वर्ष एक करोड १४ लाख रुपैयाँको लागतमा एसके कन्स्ट्रक्सन भक्तपुरले दरबारको निर्माण कार्य सुरु गरेको हो।

१५५० मा यशोब्रह्म शाहको पालामा निर्माण गरिएको लमजुङ दरबार १८२० मा पुनर्निर्माण गरिएको  थियो। त्यसपश्चात् १९९० को भूकम्पपश्चात् १९९२ मा जीर्णोद्धार गरिएको थियो।

लमजुङ दरबार २०४६ सालमा पुनर्निर्माण गरिएको हो। शाह वंशको सुरुवात लमजुङका यशोब्रह्म शाहको पालाबाट भएको मानिन्छ। यशोब्रह्मा शाह लमजुङका राजा थिए। उनैले लमजुङ दरबार निर्माण गरेको बुढापाका बताउँछन्। 

१६औँ शताब्दीतिर मुलुक बाइसे–चौबिसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोब्रह्य शाहले राज्य गर्थे। गाउँसहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाहवंशीय शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्द्रसम्म आइपुगेकाे थियाे। 

२०५४ सालमा लमजुङ दरबार क्षेत्र विकास गुरुयोजना बनाउने भनिए पनि गुरुयोजना तयार नहुँदै स्थानीय निकाय भंग भएपछि यस क्षेत्रको विकासका लागि हालसम्म पहल नभएको भन्दै स्थानीयले पुनर्निर्माण गर्नुपर्ने माग गर्दै आएका थिए।