१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कार्यसम्पादनमा धुलिखेल नगर उत्कृष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:o६:oo

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ। 

जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी ६५ अंक प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो। 

काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र सात गाउँपालिका छन्। जसमा नमोबुद्ध नगरपालिकाले ६४.६० अंक हासिल गरी दोस्रो स्थान तथा ६२.१३ अंक प्राप्त गरी चौँरीदेउराली गाउँपालिका तेस्रो भएको छ। चौँरीदेउराली जिल्लास्थित गाउँपालिकामध्ये पहिलो भएको छ।

आयोगको प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहमा बनेपा नगरपालिकाले ६१.८५, रोसी गाउँपालिकाले ६१.१२, बेथानचोक गाउँपालिकाले ५९.८७, पनौती नगरले ५५.३८, भुम्लु गाउँपालिकाले ५२.९०, खानीखोला गाउँपालिकाले ५२.२८, पाँचखाल नगरले ५२.२५, तेमाल गाउँपालिकाले ४९.८७, मण्डनदेउपुर नगरले ४६.५७ र महाभारत गाउँपालिकाले ४६ अंक प्राप्त गरेका छन्। 

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्यांकन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशको समेत कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ। 

सोही अनुसार बागमती प्रदेशले भने ३६.१ अंक प्राप्त गरेको हो। यसमा लेखापरीक्षण, बेरुजु फर्स्याेट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व संलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ।

‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांक्न कार्यविधि, २०७८’ का आधारमा मूल्यांकन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अंक प्रदान गर्ने गर्दछ।

कार्यसम्पादनबाट प्राप्त अंकका आधारमा प्रदेश तथा स्थानीय तहले संघ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ।
 

ad
ad