१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ फाल्गुण ७ आइतबार १३:०३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुकाजोरका कृषक अकबरे खुर्सानीतर्फ आकर्षित

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ फाल्गुण ७ आइतबार १३:०३:००

स्थानीय उत्पादनको रूपमा रहेको अकबर खोर्सानीको माग एकाएक बढेसँगै रामेछाप नगरपालिका– ७ सुकाजोरका किसान व्यावसायिक अकबरे खोर्सानीतर्फ आकर्षिक भएका छन्। 

पानी र मल कम चाहिने, मिहिनेत पनि अन्य बालीको तुलनामा कम गरे पुग्ने हुनाले पनि किसान यतातिर आकर्षित भएका हुन्। साथै एक वर्ष लगाएको बिरुवा अर्को वर्षसम्म पनि उत्तिकै उत्पादन हुने र उत्पादित वस्तु बजारसम्म पनि लैजानु नपर्ने भएसँगै सुकाजोरका किसान अकबरे खोसार्नीतर्फ लागेका हुन्। एकजना किसानले व्यावसायिक रूपमा लगाएको खुर्सानी अहिले धेरै किसानले यस खेतीलाई नै व्यावसायिक बनाएका छन्। 

किसानले उत्पादन गरेको अकबरे खुर्सानी गाउँमै राम्रो मूल्यमा खपत हुन थालेपछि किसान यस खेतीतर्फ लागेका हुन्। 

सुरुमा केही अगुवा कृषकले मात्रै अकबरे खोर्सानी लगाउन सुरु गरेका थिए। उनीहरूले लगाएको अकबरे खोर्सानी गाउँमै बिक्री भएपछि थप अन्य किसानले पनि लगाउन इच्छा गरेर तालिमको माग गरेअनुसार किसानलाई तालिम प्रदान गरिएको रामेछाप नगरपालिका– ७ सुकाजोरका वडाध्यक्ष समीर कार्कीले जानकारी दिए।

उनले किसानले माग गरेमा आवश्यक तालिम र बजेटसमेत व्यवस्थापन गर्न आफू तयार रहेको बताए। गाउँमा उत्पादन भएको लोकल अकबरे खोर्सानी प्रतिकेजी ८० रुपैयाँदेखि सय रुपैयाँसम्म बिक्री हुने गरेको छ। 

अकबरे खोर्सानी उत्पादनसँगै स्थानीय चूडाबहादुर कार्कीले प्रगतिशील अकबरे खोर्सानी उद्योग स्थापना गरेका छन्। उनले किसानले उत्पादन गरेका सबै खोर्सानी खरिद गरेर लोकल अकबरे खोर्सानीको अचार निर्माण गरी बजारमा बिक्री–वितरण गर्दै आएका छन्। 

बजारमा लोेकल अकबरे अचारको माग धेरै रहेको र मागअनुसार अचार पुर्‍याउन नसकिएको प्रगतिशील अकबरे खोर्सानी उद्योगका सञ्चालक कार्कीले जानकारी दिए।

उनले भने, ‘अकबरे खोर्सानी नियमित सेवन गर्दा ग्याष्ट्रिकसमेत निको हुने भएकाले धेरैको अकबरे खोर्सानी र यसबाट बनेको अचारको माग छ । अहिले प्रतिकेजी ६ सय रुपैयाँमा अकबरे अचार बिक्री हुने गरेको छ।’ 

अकबरे खोर्सानीको अचार बिक्री गरेर वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उक्त उद्योगका सञ्चालक बताउँछन्।

अकबरे खोर्सानी र अचार पुरानो सदरमुकाम रामेछापडाँडा, सदरमुकाम मन्थली, सिन्धुलीको खुर्कोट र केही राजधानी काठमाडाैंका बजारसम्म पुग्ने गरेको छ।

खोर्सानी र अचार उत्पादन गर्न सके बिक्री हुँदैन कि भन्ने चिन्ता किसानले लिने ठाउँ नभएको सुकाजोरका अर्का कृषक कीर्तिबहादुर कार्कीले बताए। 

सुकाजोरका किसानले यस वर्ष १० हजार नयाँ बिरुवा थप्ने योजना बनाएका छन्। सुरुमा एक रोपनी क्षेत्रफलबाट सुरुवात गरिएको उक्त खेती अहिले १० रोपनी क्षेत्रफलमा विस्तार गरिएको छ। 

स्थानीय सरकारले किसानलाई प्रोत्साहन गर्न सके थप अन्य बालीहरू छाडेर यस खेतीलाई विस्तार गर्ने तयारीमा सुकाजोरका किसान लागेका छन्।