Skip This
ad
नामिबियामाथि नेपालको लगातार दाेस्राे जित, तीन खेलाडीले बनाए अर्धशतक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
खेलकुद डिजिटल संस्करण

नामिबियामाथि नेपालको लगातार दाेस्राे जित, तीन खेलाडीले बनाए अर्धशतक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:३३:oo

आइसिसी विश्वकप क्रिकेट लिग–टूअन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियामाथि लगातार दाेस्राे जित निकालेको छ।

त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा आसिफ सेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतक बनाएपछि नेपालले नामिबियालाई चार दिनभित्र दोस्रोपटक हराएको हो। 

आजको खेलमा नेपालले ४७ ओभर तीन बलमा दुई सय ७८ रन बनाउँदै नामिबियालाई तीन विकेटले पराजित गर्‍यो। शृंखलाको पहिलो म्याचमा नेपालले नामिबियामाथि दुई विकेटको जित हासिल गरेको थियो। 

आजको खेलमा ओपनर आसिफले ८१, मध्यक्रमका अनुभवी ब्याटर ज्ञानेन्द्रले ६५ र अलराउन्डर कुशल मल्लले ६२ रन बनाए। कप्तान रोहितले ३९ रन बनाए। 

नौ रनमा कुशल भुर्तेललाई गुमाएको नेपाल आसिफ र ज्ञानेन्द्रबीचको एक सय ३९ रनको साझेदारीपछि बलियो अवस्थामा पुगेको थियो। 

आसिफ र ज्ञानेन्द्रले कीर्तिमानी साझेदारी गरे। उनीहरूबीचको साझेदारी एकदिवसीय क्रिकेटमा नेपालको सबैभन्दा ठूलो साझेदारी हो। 

त्यसअघि टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि नामिबियाले ६ विकेटको क्षतिमा ५० ओभरमा दुई सय ७४ रन बनाएको थियो। 

नामिबियाका जेन ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय इनिङ खेल्दा पिकी या फ्रान्सले ३९ बलमा ४९ रन जोडे। लो–हान्द्रे लरेन्सले ४१ रनको योगदान गर्दा रुबेन ट्रम्पेलम्यानले २४ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४६ रन दिए । करन केसीले एक विकेट लिए भने नामिबियाका दुई खेलाडी रन आउट भए। 
 
६ एक दिवसीय म्याचको शृंखलामा नेपालले लगातार तीन म्याच जितेको छ । यससँगै नेपालले नेपालले आइसिसी पुरुष विश्वकप लिग २ मा महत्वपूर्ण ६ अंक हासिल गरेको छ। 

जितसँगै नेपालले २७ खेलबाट २४ अंक जोडेको छ । यद्यपि, नेपाल छैटौँ स्थानमै सीमित छ। नामिबियाको ३३ खेलबाट ३७ अंक र स्कटल्यान्डको ३४ खेलबाट ४८ अंक छ। 

ad
ad