कुशल मल्लले बनाए लगातार दोस्रो अर्धशतक

शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण
कुशल मल्लले बनाए लगातार दोस्रो अर्धशतक

अर्धशतक प्रहारपछि नेपालका कुशल मल्ल। तस्बिर : ज्ञानेन्द्र मल्ल/नयाँ पत्रिका

कुशल मल्लले लगातार दोस्रो अर्धशतक बनाएका छन्। स्कटल्यान्डसँगको खेलमा हिजो ८१ रन बनाएका कुशलले आज नामिबियासँगको खेलमा पनि अर्धशतक पूरा गरे। 

कुशलले बलमा चार छक्का र चार चौकाको मद्दतमा ४१ बलमा ५२ रन बनाए। 

नेपालले ताजा अवस्थामा ४२औँ ओभरमा तीन विकेटको क्षतिमा दुई सय ४९ रन बनाएको छ। 

नामिबियाले दिएको दुई सय ७५ रनको विजयी लक्ष्य पछ्याइरहेको नेपाल जिततर्फ उन्मुख देखिएको छ। 

आजको खेल जिते नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–टूका लगातारका तीन खेलबाट ६ अंक हासिल गर्नेछ। 

सुझावित समाचार