१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:३३:oo

आइसिसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिकोणात्मक सिरिजकाे तेस्रो खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा पहिले ब्याटिङको निम्ता पाएको नामिबियाले ६ विकेटको क्षतिमा पूरा ५० ओभर खेल्दै २७४ रन बनाएको छ । नामिबियाका जेन ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेल्दा पिकी या फ्रान्सले ३९ बलमा ४९ रन जोडे । लो–हान्द्रे लरेन्सले ४१ रनको योगदान गर्दा रुबेन ट्रम्पेलम्यानले २४ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेर उनले ४६ रन दिएका छन् । करन केसीले एक विकेट लिए ।

ad
ad