१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २ मंगलबार १७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

४० हाराहारीका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा हुन ढकालको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २ मंगलबार १७:४७:oo

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरूलाई अनेरास्ववियुबाट बिदा हुन आग्रह गरेका छन्।

मंगलबार अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पार्टीको जनसम्पर्क समन्वय समिति संयोजकसमेत रहेका ढकालले यस्तो धारणा राखेका हुन्। ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरूलाई संगठनबाट बिदा लिएर पार्टीका काममा लाग्न अनुरोध गरेका छन्।

‘तपाईं हामी सबैलाई अहिले सम्मेलन हुन्छ विद्यार्थीमै बस्न पाए हुन्छ। भोलि चुनाव आउँछ, पार्टीले टिकट दिए हुन्थ्यो भन्ने लाग्छ। भूगोलमा गएर काम नगरी काठमाडौंमै बसेर टिकट प्राप्ति गर्ने दिन अब धेरै टाढा भयो। त्यो दुर्गमको बाटो भयो। त्यसले गर्दा म यहाँहरूसँग के आग्रह गर्न चाहन्छु भने उच्च समझदारीका साथ नेतृत्व निर्माण गर्ने कुरामा यहाँहरू लाग्नुहोस्। सहमतिका साथ अब म उठ्दिनँ भनेर भन्नुहोस्,’ उनले भने।