मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गगन अयडी बाजुरा
२०७९ फाल्गुण २ मंगलबार १३:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरा भूकम्प प्रभावितलाई राहत वितरण

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ फाल्गुण २ मंगलबार १३:००:००

बाजुरा जिल्लाको गौमूल गाउँपालिकाका भूकम्पपीडित परिवारहरूलाई  राहत वितरण गरिएको छ । गाउँपालिकाको समन्वय तथा आत्मनिर्भर केन्द्र काठमाडौंको आर्थिक सहयोगमा राहत वितरण गरिएको गाउँपालिका प्रवक्ता देव रोकायाले बताए ।

गाउँपालिकाको वडा नम्बर १ को खौला बस्तीका ११ दलित परिवार र वडा नम्बर २ आँगरका १२ घरपरिवारहरूलाई तत्काल टिनका टहराहरू निर्माण गर्नका लागि जस्तापातासहित अन्य खाद्यान्न सामग्री सहयोग गरिएको आत्मनिर्भर केन्द्रका संस्थापक जगत बस्नेतले बताए । उनका अनुसार करिब ७४ हजार रुपैयाँबराबरको सामग्री प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो ।

तत्काल टिनका टहराहरू निर्माण गरिसकेपछि १५ हजारका दरले प्रत्येक परिवारलाई थप नगद रकम दिइने बताइएको छ ।