१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण २ मंगलबार १२:o८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३६ हजारभन्दा बढी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २ मंगलबार १२:o८:oo

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्।

टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीका १० वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ। छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ। 

भूकम्पले भत्काएका भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न उद्धारकर्मी अझै संघर्षरत छन्। भूकम्पको एक सय ७५ घन्टापछि दुईजनालाई जीवितै उद्धार गरिएको छ। 

टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ। अदाना सहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन्।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्वयंसेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन्। 

सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ। सिरिया सोमबारदेखि राष्ट्रिय शोकको घोषणा गर्दै ती स्वयंसेवी संस्थाहरूले देशको राष्ट्रिय झन्डा आधा झुकाएका छन्।
 
दुवै देशका भूकम्पपीडित आंशिक रूपमा क्षतिग्रस्त भएका आफ्ना घरमा फर्कन डराइरहेका छन्। प्रतिकूल परिस्थितिका कारण आफ्ना भत्केका भवनको पुनर्निर्माणमा लाग्न पनि उनीहरूलाई कठिनाइ भएको छ।  
 

तस्बिर : बिबिसीबाट