१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ जेठ ६ आइतबार २o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पेट्रोलियम डिलर्स एसोसिएसनको विधान संशोधन हुने, वर्तमान कार्य समितिको म्याद एक वर्ष थप

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २o:२७:oo

पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरधामको विधान संशोधन गर्न साधारणसभाले वर्तमान कार्यसमितिको अवधि एक वर्ष थप गरेको छ। 

पेट्रोलियम डिलर्स एसोसिएसनको १५औँ अधिवेशन तथा साधारणसभाको बन्द सत्रमा एसोसिएसनको विधान संशोधन गर्नुपर्ने भएकोले वर्तमान कार्यसमितिलाई एक वर्ष म्याद थप गरिने सभाबाट निर्णय गरिएको छ।

एसोसिएसनको विधान संशोधनको मस्यौदा ६ महिनाभित्र तयार गरी त्यसमा बृहत् छलफल गरी सभाबाट पास गर्ने बन्दसत्रबाट निर्णय गरिएको निर्वाचन अधिकृत राजनप्रसाद दाहालले जानकारी दिए। 

विधान संशोधनको लागि इन्जिनयर रत्नकुमार पुुर्वेको संयोजकत्वमा तीनसदस्यीय विधान संशोधन समिति गठन गरिएको उनले बताए। विधान संशोधन समितिको सदस्यमा एसोसिएसनका केन्द्रीय सदस्य बजरंगप्रसाद साह र जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी छन्। 

एसोसिएसनको बन्दसत्रमा हुलहुज्जत तथा शान्तिपूर्ण वातावरण खल्बल्याउने कार्य गरेको भन्दै जनकपुर डिजेल एवं शंजु आयल स्टोर्सका सञ्चालक किशुनदेव साहलाई एसोसिएसनले स्पष्टीकरणसमेत सोधेको छ। 

एसोसिएसनका महासचिव शत्रुधन यादवद्वारा जारी स्पष्टीकरण पत्रमा बन्दसत्रमा गरिएको अवरोध पुर्‍याउने कार्यको विषयमा स्पष्टीकरण  लिखित जवाफ पेस गर्न माग गरिएको छ। 

यसैबीच, साधारणसभाको बन्दसत्रमा एसोसिएसनका वरिष्ठ सल्लाहकार रत्नकुमार पुर्वे, निर्वाचन अधिकृत दाहालसहित अन्य पदाधिकारीहरूमाथि गालीगलौजसहित दुर्व्यहार गर्ने एसोसिएसनका सदस्य किष्णुदेव साहलाई कारबाही गर्न एसोसिएसनले जिल्ला प्रशासन कार्यालय धनुषामा मागसमेत गरेको छ। 

एसोसिएसनका महासचिव शत्रुधन यादवले हस्ताक्षरित उक्त ज्ञापनपत्रमा निर्वाचन अधिकृत, वरिष्ठ सल्लाहकार पुर्वेलाई गाली बेइज्जती गर्ने साहलाई कानुनअनुसार कारबाही गर्न धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालसँग माग गरिएको छ। 

ad
ad