१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मकवानपुर गोल्डकपमा मकवानपुर ११ को विजयी सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:o८:oo

बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको पाँचौँ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुर ११ ले विजयी सुरुवात गरेको छ ।

हेटौँडा नगरपालिका– ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा मकवानपुर ११ ले नव जनजागृति क्लब सिमरा, बारालाई हराउँदै विजयी सुरुवात गरेको हो ।

मकवानपुरले सिमरालाई २–० गोल अन्तरले हरायो । मकवानपुरको जितका लागि प्रितम स्याङ्बाे र फागुराम चौधरीले एक–एक गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । 

स्याङ्बाेले खेलको पहिलो हाफको १२औँ र चौधरीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका हुन् ।

खेलको म्यान अफ दी म्याच मकवानपुर ११ का विदेशी खेलाडी एल्यु घोषित भए । उनले दश हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे । 

आइतबार विभागीय टोली एपिएफ र सातदोबाटो ललितपुरबीच खेल हुनेछ ।

यसवर्ष स्थानीय टिम मकवानपुर ११ सहित सातवटा ‘ए’ डिभिजन क्लब, एउटा विदेशी टिम र तीनवटा मोफसलका टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । 

ad
ad